काठमाडौं महानगरमा तोकिए १५६ केन्द्र र ३६३ मतदानस्थल
काठमाडौं । भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।
तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो ।
यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । त्यसैगरी वडा नं। १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् ।
वडा नं २३ मा चार हजार ४७७ मतदाता छन् । वडा २० मा ४ हजार ६१४ मतदाता छन् । कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन् ।
यसमा ३६३ वटा मतदानस्थल छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ केन्द्र छन् ।
यसैगरी वडा १६ मा १० केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९÷९ वटा केन्द्र छन् । सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नंं हो ।
यसमा एउटा मात्र केन्द्र छ । वडा १९, २० र २४ मा २÷२ वटा मात्र केन्द्र छन् । यसैगरी वडा १, ५, ८, १२, १८ र २९ मा ३÷३ वटा मतदान केन्द्र छन् ।
सबैभन्दा धेरै मतदानस्थल भएको वडा १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२÷२२ वटा मतदानस्थल छन् ।
धेरै मतदानस्थल भएको तेस्रो वडा १४ नंं हो । यस वडामा २१ वटा मतदानस्थल रहेको जनाइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
-
५.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
सम्बन्धित समाचार
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...




