मतदाता युवा भन्छन् ‘हाम्रो मतले आफ्नै गाउँ नगरको विकास गर्ने हो’
काठमाडौं । सूर्यविनायक नगरपालिका–५ की १९ वर्षीया कञ्चन शर्माले मतदाता परिचयपत्र हात परेपछि दङ्ग परेकी छन् ।
जिल्ला प्रशासन कार्यालयमा एक वर्षअघि नागरिकता लिन बनाउन जाँदा मतदाता परिचयपत्रका लागि खिचेको फोटो आज आफ्नै गाउँको मतदान केन्द्रमा खटिएका कर्मचारीबाट हातमा परेपछि उनी औधी रमाएकी हुन् ।
परिचयपत्र लिएपछि उनीले संँगैरहेकी साथीलाई भनिन्, “ओई, हेरन मेरो त फोटो अलि बिग्रएछ ।” साथमा रहेकी १९ वर्षीया कल्पना घिमिरेले पनि आफ्नो मतदाता परिचयपत्र हेर्दै भनिन्, “अ, हेर न, मेरो पनि फोटो कुचुक्क आएछ ।”मतदाता परिचयपत्र लिएपछि उनीले रमाउँदै भनिन, “जीवनमै पहिलो पटक भोलि भोट हाल्ने हो, मतदानको अनुभव पनि लिन पाइने भो ।” उनीले भनिन, “धेरै पटक भोट हाल्नेले पार्टी रोजे होलान्, हामीलाई त पार्टीको मतलव छैन, हाम्रो त पहिलो भोट, आफ्नो गाउँ बनाउन सक्ने, विकास गर्न सक्ने, युवाका पक्षमा कार्यक्रम ल्याउनेलाई दिने हो ।”
निर्वाचन आयोगले यही वैशाख २८ र २९ गते नयाँ मतदाता, बसाइँसराइ गरेर आएका, मतदाता परिचयपत्र हराएर आवेदन दिएकालाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमार्फत देशभरका २१ हजार ९५५ मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरी मतदाता शिक्षा दिइरहेका जनाएकोे छ ।
भक्तपुर नगरपालिका ब्यासीका २० वर्षीय सुरेश पक्का नेवारले मतदाता परिचयपत्र लिँदै भोलिको प्रतिक्षामा रहेको बताए ।
ब्यासी मतदान केन्द्रबाट मतदाता परिचयपत्र लिएका उनले भने, “भोलि मतदान गर्ने प्रतिक्षामा छु, बिहानै भोट हाल्छु र आफ्नो मताधिकार बिहानै प्रयोग गरी नगरपालिकामा राम्रो काम गर्नेलाई भोट दिन्छु ।”
यस्तै भक्तपुर नगरपालिकाकी रञ्जु खर्बुजाको भनाइ पनि उस्तै छ । पहिलो पटक मतदान गर्ने उत्सुकतामा रहेकी उनले भनीन् , “पहिलो पटक मतदान गर्दैछु, मेरो मत खेर नजाओस् भन्ने चाहना राखेको छु, मेरो मतले एउटा उम्मेदवार जिताउनु मात्रै होइन, मेरो गाउँ, मेरो टोल बनाउने कि नबनाउने भन्ने फैसला गर्नु पनि हो ।”
चाँगुनारायण नगरपालिका– ४ छालिङका १९ वर्षीय सन्तोष गैँडा भौतिक संरचनालाई मात्रै विकास भन्ने परम्पराको विरोध गर्छन् ।
मतदाता परिचयपत्र लिएपछि प्रतिक्र्रिया दिँदै उनले भने, “हामी बाटो बनेन, ढल भएन, पानी आएन मात्रै भन्छौं, कृषिका लागि सिँचाइ भएन, युवालाई रोजगारमूलक शिक्षा भएन, महिलालाई आत्मनिर्भर बनाउने सीप भएन, अपाङ्गलाई सहज जीवन जिउने व्यवस्था भएन भन्दैनौँ ।”
उनले भौतिक संरचनासँगै मानवीय जीवनको विकासको योजना ल्याउने सबैको प्रतिनिधित्व गर्ने उम्मेदवार आफ्नो रोजाइँमा पर्ने बताउँदै युवाको मत गाउँ, नगर र देश बनाउने नेतृत्वका लागि हो, जनता झुक्याउनेहरुका लागि होइन भन्छन् । मध्यपुरथिमि नगरपालिका कमेरोटारमा रोहन मानन्धरको भनाइ पनि उस्तै छ ।
मतदाता परिचयपत्र हातमा लिँदै उनले सम्पदाको सहर र पुरानो नेवार बस्ती भए पनि उपत्यकाकै पछाडि पारिएको मध्यपुरको विकास गर्दै पर्यटकीय गन्तव्य बनाउन सक्ने उम्मेदवारलाई आफ्नो मत दिने बताए ।
यहाँका कला, संस्कृति जोगाउने, लोप भएका ऐतिहासिक परम्परा ब्यूझाउने, यहाँका सम्पदाको संरक्षण गर्ने, नयाँ तथा पुराना बस्तीलाई समान रुपमा विकास गर्ने, भूकम्प, कोरोना जस्तो महामारीमा जनताको समस्यालाई साथ दिने, बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक, महिला, युवा, गुणस्तरीय शिक्षा, स्वास्थ्यको एजेण्डा बोकेर आफ्नो नगरको भविष्य सुनिश्चित गर्ने शिक्षित उम्मेदवालाई मतदान गर्ने बताए ।
आफ्नो एक भोट गलत उम्मेदवारलाई परेर पाँच वर्ष पछुताउनु नपरोस् भन्नेमा युवाको चाहना हुनुपर्ने उनको धारणा छ ।
त्यस्तै निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएका तर मतदाता परिचयपत्र हराएका वा नभएकाले पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।
मतदाता परिचय नभएकाले आफ्नो पहिचान खुल्ने कागजात जस्तै नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गा धनी पूर्जा, राष्ट्रिय परिचयपत्र जस्ता कागजको सक्कलप्रति लिएर गएर पनि मतदान गनै पाउने व्यवस्था गरेको छ ।
ताजा अपडेट
-
१.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
-
२.
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
-
३.
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
-
४.
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
-
५.
भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...




