अन्तर्राष्ट्रिय

न्युयोर्कमा गोली प्रहारबाट १० जनाको मृत्यु

सिन्ह्वा । अमेरिकाको न्युयोर्क राज्यको बफेलोमा भएको गोली काण्डमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको छ ।

प्राप्त समाचारमा यहाँको सुपरमार्केटमा शनिबार अपराह्न गोली चलेको हो । गोली लागेर अरु केही घाइते पनि भएका छन् ।अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार अपराह्नमा एकजना व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएको थियो ।सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ ।

ती व्यक्तिले सो सुपरमार्केटमा रहेका कर्मचारीहरुमाथि अन्धाधुन्ध गोली चलाएको थियो ।बफेलोका प्रहरी विभागका प्रमुखले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएका छन् ।

उनले गोली प्रहार गरी हत्या गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिइएको ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हत्याकाण्डको बारेमा जानकारी लिनुभएको ह्वाइट हाउसले जनाएको छ ।

सम्बन्धित समाचार

भारतीय क्रिकेटर अभिषेक शर्मा पेटको संक्रमण, टी २० विश्वकप खेल्ने सम्भावना कम

भारतीय क्रिकेटर अभिषेक शर्मा पेटको संक्रमण, टी २० विश्वकप खेल्ने सम्भावना कम

काठमाडौँ। भारतीय राष्ट्रिय क्रिकेट टोलीका ओपनर अभिषेक शर्मा पेटको संक्रमणका कारण दिल्लीको एक अस्पतालमा भर्ना भएका छन्। यसले गर्दा...

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानसँग सम्बन्धित परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ । बल प्रयोग गर्दा समस्याहरू...

अफगान गलैंचा उद्योगले १२ लाख मानिसलाई रोजगारी प्रदान गर्दै

अफगान गलैंचा उद्योगले १२ लाख मानिसलाई रोजगारी प्रदान गर्दै

अफगानिस्तानमा गलैंचा उद्योग कृषि पछिको दोस्रो ठूलो क्षेत्र हो, जसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख मानिसहरूलाई रोजगारीको अवसर...

कोपेनहेगन लाइट रनमा १ हजार धावकहरू सहभागी

कोपेनहेगन लाइट रनमा १ हजार धावकहरू सहभागी

कोपेनहेगनको ‘लाइट रन’ मा करिव १ हजार धावकहरूले भाग लिएका छन् । जुन एक विशेष रात्रिकालीन दौड थियो ।...