शुक्रबार, माघ ११, २०८१
English
Follow us:

ताराखोला गाउँपालिकामा गठबन्धको समूह विजयी

ताराखोला गाउँपालिकामा गठबन्धको समूह विजयी

  • खबर सेवा

  • आइतवार, जेष्ठ १, २०७९

  • 11
    SHARES

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक बिजयी भएका छन् ।

उनले दुई हजार २८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले दुई हजार ९० मत प्राप्त गरे ।उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोकाले तीन हजार ४०३ मत प्राप्त गरेर विजयी भएका छन्  ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी छममाया घर्तीले ५६१ मत प्राप्त गरेका थिए ।यस्तै पालिकाका पाँचवठटै वडामा गठबन्धका उम्मेदवार विजयी भएका छन् ।

वडा नं १ मा यम बहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ मा जीतबहादुर खत्री र ५ मा मनबहादुर खत्री विजयी भएका छन् । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धको प्यानलै विजयी भएका हुन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology