बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन

हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन

  • खबर सेवा

  • आइतवार, जेष्ठ १, २०७९

  • 28
    SHARES


नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ ।
उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकोप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो ।न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका संकलन गर्न सकिएको थिएन ।

ती तीन स्थानका मतपेटिका आज नेपाली सेनाको हेलीकप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्रमा ल्याइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार संकलित मतपेटिकाको मतगणनाकार्य आजै बेलुकासम्म सुरु गरिने छ ।

यसैबीच हुम्लाको दक्षिण भेगमा पर्ने खार्पुङनाथ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फको उम्मेदवार नेपाली कांग्रेसका कर्णबहादुर रावलले एक हजार ८१० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाही एक हजार १८५ मतले पराजित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा माओबादीका ज्ञानबहादुर सिंह एक हजार ८७१ मतले विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० ल्याइ पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology