काठमाडौं । युरोभिजन गीत प्रतियोगितामा युक्रेनको जितले रुस विरुद्धको लडाइमा देशको लागि ठूलो जनसमर्थन देखाएको नाटोका उप(महासचिवले आइतवार बताएका छन् ।
‘म युक्रेनलाई युरोभिजन प्रतियोगिता जितेकोमा बधाइ दिन चाहन्छु र यो मैले हल्का तरिकाले गरिरहेको कुरा होइन किनभने हामीले हिजो युक्रेनको बहादुरीका लागि युरोप र अष्ट्रेलियामा ठूलो जनसमर्थन देखेका छौं,’ मिर्सिया जियोआनाले भने।
उनी वार्ताका लागि बर्लिन पुगेका थिए ।