प्रमुख खवर

शान्तिका अग्रदूत गौतबुद्धको विचार उत्तिकै सान्दर्भिक : उपराष्ट्रपति


उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा शुभकामना व्यक्त गरेका छन् ।

बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धका उपदेश र मागदर्शनको अवलम्बन गरी विश्व समुदायलाई शान्ति र अहिंसाको बाटोमा अगाडि बढाउन सकिने बताएका छन् ।

गौतबुद्धको ज्ञानको सान्दर्भिकता समकालीन विश्वमा अझ बढेर गएको बताउँदै उहाँले बुद्धका विचार विश्व शान्ति र मावन कल्याणका लागि आज पनि उत्तिकै महत्व रहेको बताए।

बुद्धजयन्तीकै अवसर पारेर बुद्धको जन्ममूमिमा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुनुले आफू अत्यन्त खुसी भएको जनाउँदै उपराष्ट्रपतिले यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी उपराष्ट्रपति पुनले किराँत राई समुदायको उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा पनि शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...