बिहिबार, माघ ३, २०८१
English
Follow us:

शान्तिका अग्रदूत गौतबुद्धको विचार उत्तिकै सान्दर्भिक : उपराष्ट्रपति

शान्तिका अग्रदूत गौतबुद्धको विचार उत्तिकै सान्दर्भिक : उपराष्ट्रपति

  • खबर सेवा

  • सोमवार, जेष्ठ २, २०७९

  • 14
    SHARES


उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा शुभकामना व्यक्त गरेका छन् ।

बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धका उपदेश र मागदर्शनको अवलम्बन गरी विश्व समुदायलाई शान्ति र अहिंसाको बाटोमा अगाडि बढाउन सकिने बताएका छन् ।

गौतबुद्धको ज्ञानको सान्दर्भिकता समकालीन विश्वमा अझ बढेर गएको बताउँदै उहाँले बुद्धका विचार विश्व शान्ति र मावन कल्याणका लागि आज पनि उत्तिकै महत्व रहेको बताए।

बुद्धजयन्तीकै अवसर पारेर बुद्धको जन्ममूमिमा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुनुले आफू अत्यन्त खुसी भएको जनाउँदै उपराष्ट्रपतिले यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी उपराष्ट्रपति पुनले किराँत राई समुदायको उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा पनि शुभकामना व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology