शनिबार, माघ २६, २०८१
English
Follow us:

दार्चुलामा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

दार्चुलामा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

  • खबर सेवा

  • सोमवार, जेष्ठ २, २०७९

  • 5
    SHARES

काठमाडौं । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको  माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्यानीमा सोमबार  बिहान साढे ९ बजे माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

चालकसमेत रहेका शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक समेत रहेका नवीन सिंह धामीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका उनका अनुसार अर्का एक जना मृतकको परिचय खुल्न सकेको छैन ।

हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरूलाई ल्याउन ग्यानी गएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology