बुधबार, माघ २, २०८१
English
Follow us:

चितवनको भरतपुर महानगरपालिकामा विजय सुवेदीकाे अग्रता

चितवनको भरतपुर महानगरपालिकामा विजय सुवेदीकाे अग्रता

  • खबर सेवा

  • सोमवार, जेष्ठ २, २०७९

  • 5
    SHARES

भरतपुर ।  स्थानीय तह निर्वाचनको पछिल्लो मतगणनाको विवरणअनुसार चितवनको भरतपुर महानगरपालिकामा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीले अग्रता लिएका छन् ।

पछिल्लो मतगणनाको विवरणअनुसार तीन हजार ९४४ मत ल्याएर उनले अग्रता लिएका छन् । उनलाई गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ८९४ मत ल्याएर पछ्याइरहेकी छन् ।

भरतपुर महानगरपालिकाको १, २ र ३ वडाको जम्मा खसेको ११ हजार ३२८ मतगणनाको नतिजाअनुसार सुवेदीले अग्रता लिइरहेका हुन् । मेयरका स्वतन्त्र जगन्नाथ पौडेलले एक ५७२ मत ल्याएका छन् । सोमबार बिहान ११ वजेबाट ४ नं वडाको मतहरू ८ स्थानमा गणना चलिरहेको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology