कन्स्ट्रक्सन होलिडेका कारण निर्माणाधीन करिब ३५ सय आयोजनाहरूको काम प्रभावित

काठमाडौं । निर्माण व्यवसायीहरूको बिगत तीन सातादेखि जारी छ । निर्माण सामग्रीमा चर्को मूल्यवृद्धि गरिएको भन्दै निर्माण व्यवसायीहरूले गत तीन सातादेखि निर्माण कार्य ठप्प पारेर (कन्स्ट्रक्सन होलिडे) गरेका छन्।
कन्स्ट्रक्सन होलिडेका कारण निर्माणाधीन करिब ३५ सय आयोजनाहरूको काम प्रभावित भएको छ। हाल करिब पाँच हजार आयोजनाहरू निर्माणको विभिन्न चरणमा छन्। मूल्यवृद्धिकै कारण निर्माणकार्य अघि बढाउन नसक्ने भन्दै नेपाल निर्माण व्यवसायी महासंघले वैशाख ११ देखि निर्माण कार्य ठप्प पारेको हो।
निर्माण सामग्रीको मूल्य करिब ४० प्रतिशतले बढेको र उपलब्धता पनि कम भएकोले निर्माण कार्य अघि बढाउन नसकिएको व्यवसायीहरुको भनाइ छ । निर्माण व्यवसाय महासंघले निर्माण सामग्रीहरूमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म कन्स्ट्रक्सन होलिडे कायमै राख्ने जनाएको छ। तर, अत्यावश्यक निर्माण कार्यलाई भने नरोक्ने महासंघका अध्यक्ष रवि सिंहले बताए ।
अन्डरग्राउन्ड गर्ने कामहरू, पुल निर्माण, नदी नियन्त्रणका काम र सडक पिच गर्ने कामहरूलाई अति आवश्यक मानी सुचारु गरिरहेको अध्यक्ष सिंहले जानकारी दिए। अन्तर्राष्ट्रिय रूपमा नै मूल्यवृद्धिका कारण नेपालमा पनि त्यसको असर देखिएको हो।
आन्तरिक उत्पादन हुने सिमेन्ट, रड, इट्टालगायतका आवश्यक कच्चापदार्थको मूल्य पनि बढेको छ भने औद्योगिक क्षेत्रमा भएको लोडसेडिङका कारण पर्याप्त उत्पादन हुन सकिरहेको छैन। उत्पादन कम हुँदा कार्टेलिङ गर्ने भएकोले पनि सामग्रीहरू महँगो भएको जानकारहरुको भनाई छ ।
सिंहका अनुसार, गत असोजमा ६२ रुपैयाँ किलोग्राम रहेको डन्डी अहिले १ सय १८ रुपैयाँ पुगेको छ। ५२ रुपैयाँ केजीको बिटुमिन अहिले १ सय १५ पुगेको छ। ४ सय ५० र ५ सय ५० रुपैयाँको सिमेन्टको बोरा ५ सय ५० र ६ सय ३० रुपैयाँ पुगेको छ। १५ रुपैयाँ गोटाको इँटा १८ रुपैयाँ पुगेको छ। गिटी तथा बालुवामा करिब २० प्रतिशत बढेको छ।
८५ रुपैयाँ लिटरमा बिक्री वितरण हुँदै आएको डिजेल १४५ रुपैयाँ पुगेको छ। सामग्रीमा भएको मूल्यवृद्धिले आयोजनाको लागत पनि करिब ४० प्रतिशत बढ्ने व्यवसायी बताउँछन्।
ताजा अपडेट
-
१.
मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण
-
२.
भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’
-
३.
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
-
४.
नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक होः कमल थापा
-
५.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...




