काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा मंगलबार दिउँसो २ : ३० बजे बस्ने गरी समितिको बैठक आह्वान गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
मंगलबार अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरिएको छ ।