प्रमुख खवर

बुद्ध र बुद्धभूमि चिनाउन पोर्चुगलमा वृहत् शोभायात्रा

काठमाडौं ।  विश्व शन्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलमा आज वृहत् शोभायात्राको आयोजना गरिएको छ ।

लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालयको संयोजन तथा यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाको सक्रियतामा मङ्गलबार वृहत् शोभायात्राको आयोजना गरिएको छ ।

राजधानी लिस्बनमा हुने वृहत् शोभायात्रा, बुद्धको पूजाअर्चना तथा प्रसाद वितरणलगायतका सम्पूर्ण कार्यक्रमको तयारी पूरा भएको बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।

बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश संसारमा प्रवाह गर्ने उद्देश्यका साथ विशेष कार्यक्रमको आयोजना गरेर बुद्धजयन्ती मनाउन लागिएको महावाणिज्यदूत हमालले बताए ।

उनका अनुसार मङ्गलबार मध्याह्न १२ बजे बुद्धको पूजाअर्चनाको कार्यक्रम तय गरिएको छ भने दिउँसो ३ : ३० बजे लिस्बनको मुख्य पर्यटकीय केन्द्र रोसियोस्थित प्रासा दि कमर्सियोबाट वृहत् शोभायात्रा सुरु गरिने छ ।

बुद्धका तस्बिर, बुद्ध उपदेश लिखित प्लेकार्ड तथा ब्यानर, नेपालको राष्ट्रिय झण्डा, बुद्धका सन्देश, सांस्कृतिक वेषभूषासहितको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्ने कार्यक्रम रहेको महावाणिज्यदूत हमालले बताए ।

शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीहरुको सहभागिता रहने बताइएको छ । शोभायात्रामा सहभागी हुन महावाणिज्यदूत हमालले पोर्चुगलबासी नेपालीहरुलाई विशेष आग्रह गरे ।

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...