महिला क्रिकेट : नेपाल युगान्डासँग पराजित
काठमाडौं । महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल अफ्रिकी राष्ट्र युगान्डासँग पराजित भएको छ ।
कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । युगान्डाले जीतका लागि दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा विकेट गुमाएर ९० रनमा समेटियो ।
नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन् भने डोली भट्टले १३ रन बनाइन् । विन्दु रावल १२ रनमा आउट हँुदा कविता कुँवरले ११ रन जोडिन् ।
त्यसैगरी कप्तान रुबिना क्षेत्री ९ रनमा आउट भइन् भने ज्योति पाण्डेले ६, रोमा थापाले ५, कविता जोशीले ४ तथा अप्सरी बेगमले १ रन जोडिन् । बलिङमा युगान्डाकी कोन्सी अवेको र सारा एकिटेङले समान दुईरदुई विकेट लिए भने जनेट एमबाबाजीले १ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रनको योगफल बनायो । युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रनको योगदान दिइन् ।
त्यसैगरी केभिन अविनोले १५ रन बनाइन् भने फ्रान्कलिन नाजुम्बाले १२, रीता एनयागेन्गोले १८ तथा रीता मुसामालीले १३ जोडिन् ।
बलिङमा नेपालकी कविता कुँवरले २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान एक/एक विकेट लिए । यस जीतसँगै युगान्डाले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब नेपालले भोलि युगान्डासँग दोस्रो खेल खेल्नेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
३.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित
काठमाडौं। टी- २० विश्वकपका दुई आयोजक देश भारत र श्रीलङ्काले बिहीबार आ-आफ्नो समूहको खेलमा सजिलो जित निकालेका छन्। यससँगै...
टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जासपद हार
काठमाडौँ। कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ । मुम्बईस्थित...
नेपालले इटलीलाई दियो १ सय २४ रनको लक्ष्य
काठमाडौं : टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई जितका लागि १ सय २४ रनको चुनौती दिएको छ। मुम्बइको वानखेडे स्टेडियममा...
विश्वकपको सुपर आठमा पुग्नसके नेपाली क्रिकेटले ठूलो फड्को मार्छः उपाध्यक्ष सिंह
काठमाडौँ। नेपालले भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपको पहिलो खेलमा जितनजिक पुगेर पनि पराजित हुन पराजित हुन पुग्यो। दुईपल्ट...




