अन्तर्राष्ट्रिय

श्रीलंकामा नौ घण्टे कफ्‌र्यु आदेश जारी

कोलम्बो । आर्थिक तथा राजनीतिक संकटमा परेको मुलुक श्रीलंकामा आज (सोमबार) देखि नौ घण्टे कफ्‌र्यु आदेश जारी गरिएको छ । सरकारले घोषणा गरेको कफ्‌र्यु आज बेलुका ८ बजेदेखि लागू भइ बिहान पाँच बजेसम्म कायम रहने भएको छ ।

विभिन्न आरोपमा झण्डै २ सय मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कफ्‌र्यु आदेश जारी गरेको हो । पक्राउ गरेकाहरूलाई कफ्‌र्यु आदेशको उल्लंघन गरेको, सार्वजनिक तथा अर्को व्यक्तिको सम्पत्ति तोडफोड गरेको, अशान्ति मच्चाएको, हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको लगायतका आरोपहरू लगाइएको छ ।

आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा आर्थिक संकटकै कारणले राजनीतिक संकट पनि उत्पन्न भएको छ । विषेश गरेर आर्थिक संकट बढेपछि महंगी र अभाव बढेको थियो । र, त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए । नागरिक आन्दोलनका कारण राजनीतिक संकटसमेत उत्पन्न भएको छ ।

नागरिक आन्दोलन चर्किदै गएपछि मन्त्रपरिषद् नै परिवर्तन गर्नु परेकोसम्मका राजनीतिक संकट उत्पन्न भएको छ। तत्कालीन निर्वाचित प्रधानमन्त्री महेन्दा राजापाक्षको राजीनामा माग गर्दै भइरहेको आन्दोलनका कारण उनले राजीनामा दिन बाध्य हुनु परेको थियो ।

राजपाक्षेको राजीनामाको केही दिनपछि राष्ट्रपति गोटावाय राजापाक्षले आइतबार मात्रै रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाडै नै मुलुकको आर्थिक तथा राजनीतिक संकट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...

अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध

अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध

इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत...

म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी

म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी

आधिकारिक टेलिभिजन च्यानल एमआरटीभीका अनुसार २०२६ को परीक्षाको पहिलो दिन बुधवार म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा कुल २ लाख ५५...

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...