अन्तर्राष्ट्रिय

श्रीलंकाको परिस्थिति कठिन रहेको भन्दै प्रधानमन्त्रीद्धारा सबैले मिलेर काम गर्न आह्वान

काठमाडौं । श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् ।

उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले सोमबार साँझ एक सन्देशमा भनेका छन्, ‘यतिखेर देश निकै नै अप्ठेरो अवस्थामा छ, हामी सबैले यस्तो अवस्थामा मिलेर काम गर्नुपर्ने अवस्था छ ।दक्षिण एसियाली मुलुक यतिखेर आर्थिक तथा राजनीतिक संकटमा गुज्रिएको छ । तर यहाँ राजनीतिक संकटका समयमा पनि आन्दोलन भने जारी नै रहेको छ । उता श्रीलंकामा सोमबारदेखि नौ घण्टे कफ्र्यु आदेश जारी गरिएको छ ।’

सरकारले घोषणा गरेको कफ्र्यु सोमबार बेलुका ८ बजेदेखि लागू भइ बिहान पाँच बजेसम्म कायम रहने भएको छ ।विभिन्न आरोपमा झण्डै २०० मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कफ्र्यु आदेश जारी गरेको हो ।

विषेश गरेर आर्थिक संकट बढेपछि महंगी र अभाव पनि बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए ।

केही दिनअघि राष्ट्रपति गोटावाय राजापाक्षले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाडै नै मुलुकको आर्थिक तथा राजनीतिक संकट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गरेको छ । सिन्ह्वा

सम्बन्धित समाचार

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोटः ७ जनाको मृत्यु, १३ घाइते

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोटः ७ जनाको मृत्यु, १३ घाइते

अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा सोमबार दिउँसो भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । इमर्जेन्सी...

मंगोलियाको राजधानीमा नयाँ घरको औसत मूल्यमा डिसेम्बर २०२५ मा १०.८ प्रतिशतले वृद्धि

मंगोलियाको राजधानीमा नयाँ घरको औसत मूल्यमा डिसेम्बर २०२५ मा १०.८ प्रतिशतले वृद्धि

मंगोलियाको राष्ट्रिय तथ्याङ्क कार्यालयले शनिवार सार्वजनिक गरेको विवरणअनुसार डिसेम्बरको अन्त्यसम्ममा मंगोलियाको राजधानीमा नयाँ निर्मित अपार्टमेन्टहरूको औसत मूल्य ५।०३ मिलियन...

चिलीको वन डढेलोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

चिलीको वन डढेलोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिकले देशको मध्य–दक्षिणी क्षेत्रमा विनाश निम्त्याइरहेको वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको र यो...

पश्चिमी रुसमा प्रहरी प्रशिक्षण केन्द्रमा विस्फोट, २० प्रशिक्षार्थी घाइते

पश्चिमी रुसमा प्रहरी प्रशिक्षण केन्द्रमा विस्फोट, २० प्रशिक्षार्थी घाइते

पश्चिमी रुसको कोमी गणतन्त्रस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा प्रशिक्षकको लापरवाहीका कारण भएको विस्फोटमा परी २० जना घाइते भएका छन्...