अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढी कोरोना संक्रमित, २७ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र यहाँ ३५ हजार ११७ जनामा कोभिडको संक्रमण भएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायतामा देखिएको यो संक्रमण पहिलेको भन्दा कम भए पनि उल्लेख्य मात्रामा कम हुन भने सकेको छैन ।

यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७८ लाख ३० हजार मानिसमा कोभिडको संक्रमण पुगेको समाचारमा जनाइएको छ ।

यहाँ करिब दुई हप्ता अघिसम्म दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएको छ ।

संक्रमणबाट पछिल्लो पटक २७ जनाको ज्यान गएको बताइएको छ । यहाँ अहिलेसम्म कोभिडबाट २३ हजार ७२५ जनाको ज्यान गएको बताइएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँका कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् । सिन्ह्वा

सम्बन्धित समाचार

अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा

अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आईतवार देशको १८४८ को क्रान्ति र स्वतन्त्रता संग्रामको वार्षिकोत्सवको अवसरमा आयोजित एक विशाल ¥यालीमा हंगेरीलाई...

मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु

मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु

मध्य गाजाको अल–जवायदा शहरको प्रवेशद्वार नजिकै प्रहरीको गाडीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको गाजाको...

मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

मेडागास्करका राष्ट्रपति माइकल रान्ड्रियानिरिनाले आईतवार मामिटियाना राजोनारिसनलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको नियुक्ति समारोहमा रान्ड्रियानिरिनाले...

सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित

सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित

भुमजैथाई पार्टीका सांसद सोफोन जराम आईतवार थाइल्याण्डको प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्वाचित हुनुभएको छ । थाई संविधानअनुसार प्रतिनिधि सभाका...