विराटनगर महानगर : प्रमुखमा कांग्रेसको अग्रता, छ वटा वडाको परिणाम सार्वजनिक
काठमाडौं । स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायम नै रहेको छ ।
पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका उम्मेदवार कोइरालाले नौ हजार र उनका प्रतिस्पर्धी नेकपा एमालेका सागर थापाले छ हजार ६६७ मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुखमा नेकपा एमालेका शिल्पा कार्कीले सात हजार ६४६, जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले चार हजार ८४४, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले दुई हजार ३०२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले एक हजार ६६९ मत प्राप्त गरेका छन् ।
छ वटा वडाको परिणाम सार्वजनिक
यसैगरी, विराटनगर महानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष पदमा नेकपा एमालेका काजीबहादुर बस्नेतले एक हजार ९०० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजन न्यौपानेले एक हजार ५९१ मत प्राप्त गरेका थिए ।
वडा नं २ मा वडाध्यक्ष पदमा नेकपा एमालेका कुमार पोखरेलले एक हजार ३१२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी राप्रपाका पवनकुमार सुरानाले एक हजार २६९ मत प्राप्त गरेका थिए ।
वडा नं १३ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उद्धव भुजेलले ७५२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार महर्जनले ६८५ मत प्राप्त गरेका थिए ।
वडा नं १७ मा वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका समिर कमरले एक हजार ४५० मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असलम आलमले ९४४ मत प्राप्त गरेका थिए ।
साथै वडा नं १८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार जीतेन्द्रकुमार साहले ६१६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका दिनेशकुमार यादवले ६२४ मत प्राप्त गरेका थिए ।
वडा नं १९ मा वडाध्यक्ष पदमा नेकपा एमालेका श्याम घिमिरेले ९८७ मत प्राप्त गरी विजयी भएका छन् भने नेपाली कांग्रेसका उदय राजवंशीले ९०५ मत प्राप्त गरेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
-
५.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
सम्बन्धित समाचार
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...




