अन्तर्राष्ट्रिय

अफगानिस्तानको उत्तरी क्षेत्रमा पहिरोमा परी ४ जनाको मृत्यु, २ घाइते

काठमाडौं । अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ ।

उक्त घटनामा अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले मङ्गलबार जानकारी दिएका छन् ।

सोमबार साँझ यवन जिल्लाको शोलार(ए(पायन गाउँमा भएको प्राकृतिक प्रकोपमा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना घाइते भएको अधिकारीले बताए ।

स्थानीय अधिकारीहरूले पीडित परिवारलाई मानवीय सहायता पठाउने प्रयास गरिरहेको अकबरीले बताएका छन् ।यसैबीच स्थानीयवासीले घटनाबाट तीन परिवार प्रभावित भएको र मृतकको संख्या रिपोर्ट गरिएभन्दा बढी हुन सक्ने बताएका छन् ।

सम्बन्धित समाचार

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोटः ७ जनाको मृत्यु, १३ घाइते

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोटः ७ जनाको मृत्यु, १३ घाइते

अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा सोमबार दिउँसो भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । इमर्जेन्सी...

मंगोलियाको राजधानीमा नयाँ घरको औसत मूल्यमा डिसेम्बर २०२५ मा १०.८ प्रतिशतले वृद्धि

मंगोलियाको राजधानीमा नयाँ घरको औसत मूल्यमा डिसेम्बर २०२५ मा १०.८ प्रतिशतले वृद्धि

मंगोलियाको राष्ट्रिय तथ्याङ्क कार्यालयले शनिवार सार्वजनिक गरेको विवरणअनुसार डिसेम्बरको अन्त्यसम्ममा मंगोलियाको राजधानीमा नयाँ निर्मित अपार्टमेन्टहरूको औसत मूल्य ५।०३ मिलियन...

चिलीको वन डढेलोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

चिलीको वन डढेलोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिकले देशको मध्य–दक्षिणी क्षेत्रमा विनाश निम्त्याइरहेको वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको र यो...

पश्चिमी रुसमा प्रहरी प्रशिक्षण केन्द्रमा विस्फोट, २० प्रशिक्षार्थी घाइते

पश्चिमी रुसमा प्रहरी प्रशिक्षण केन्द्रमा विस्फोट, २० प्रशिक्षार्थी घाइते

पश्चिमी रुसको कोमी गणतन्त्रस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा प्रशिक्षकको लापरवाहीका कारण भएको विस्फोटमा परी २० जना घाइते भएका छन्...