कला

सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ का भिलेन सुनिल बलिउड डेब्यु गर्दै

साउथ अभिनेता सुनिल बलिउड डेब्यु गर्ने भएका छन् । भारतीय साउथ स्टार अल्लु अर्जुन अभिनित सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ का सुनिल मुख्य भिलेनमा देखिएका थिए।

धेरै फिल्ममा कमेडियनको भूमिका निर्वाह गरेका उनी ‘पुष्पा’ मा भने रक्त चन्दन तस्कर ‘मंगलम श्रीनु’ को भूमिकामा देखिएका थिए ।

सुनिलले खलनायकको रुपमा अभिनय गरेको सबै फिल्म सुपरहिट भएको छ । जसमा ‘कलर फोटो’, ‘डिस्को राजा’ र ‘पुष्पा’को नाम आउँछ ।

‘पुष्पा’ को दोस्रो भाग ‘पुष्पाः द रुल’ मा सुनिलको चरित्र अझ राम्रो र ठूलो हुने बताइएको छ । सुनिलले अहिले बलिउडका दुईवटा अफर साइन गरेका छन् ।’पुष्पा’ को सफलतापछि उनलाई बलिउडका धेरै अफर आए पनि तीमध्ये दुई मात्र साइन गरेका हुन् ।

हालै एक मिडियासँगको अन्तर्वार्तामा सुनिलले आफूलाई तमिल र कन्नड फिल्मका समेत अफर आइरहेको बताएका छन् ।‘पुष्पा’ बाट सुनिल संसारभर चर्चा छाउका छन् ।

फिल्ममा रहेको उनको भूमिका दर्शकले रुचाएका छन् । सुनिल पहिलो पटक एसएस राजामौलीको ‘मर्यादा रमन्ना’ मा नकारात्मक भूमिकामा देखिएका थिए ।

धेरै फिल्ममा सानोतिनो भूमिका निर्वाह गरेका उनको ‘मर्यादा रमन्ना’ २०१० मा रिलिज भएको थियो । उनले धेरै फिल्ममा पनि महत्वपुर्ण भूमिका निर्वाह गरेका छन् ।एजेन्सी

 

सम्बन्धित समाचार

‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित

‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित

काठमाडौँ। राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका...

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्नुहुने

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्नुहुने

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत...

चलचित्र विकास बोर्डमा वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम बिदाई (तस्बिरसहित)

काठमाडौँ। नेपाली चलचित्र जगतका वरिष्ठ तथा लोकप्रिय अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका चलचित्र विकास बोर्ड परिसरमा राखिएको...

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ...