प्रमुख खवर

गुगलले एन्ड्रोइड अटो एपमा थप गर्यो नयाँ फिचर्स

काठमाडौं ।  गुगलले सवारीसाधनमा प्रयोग हुँदै आइरहेको एन्ड्रोइड अटो एपमा नयाँ फिचर्स थप गरेको छ ।

यो एपमा उसले नयाँ स्प्लिट-स्क्रिन इन्टरफेस थप गरेर अपडेट गरेको हो । यो एपमार्फत चालकले नेभिगेसन, मिडिया र कम्युनिकेशन जस्ता कनेक्टिभिटी फिचरमा नयाँ पन पाउनेछन् ।

नयाँ फिचर अपडेट भएसंगै यो एपको लुक समेत नयाँ देखिने जनाइएको छ । जहाँ प्रयोगकर्ताले ३ वटा स्प्लिट-स्क्रिन मोडलाई प्रयोगमा ल्याउन सक्नेछन् ।

जसमध्ये सबैभन्दा ठूलो स्क्रिनले नक्सा र नेभिगेसन देखाउने छ भने त्यसपछिको सानो स्क्रिनमा म्यूजिक, पोडकास्ट र अडिओ कन्ट्रोल र अर्को सानो स्क्रिनमा गुगल एसिस्टेन्टबाट प्राप्त हुने सल्लाह तथा सुचनाहरु देख्न सकिनेछ । भविष्यमा यसलाई अझै परिष्कृत गरी सबै प्रकारको स्क्रिन साइजमा प्रयोग गर्न सकिने वनाउन लागिएको गुगलले बताएको छ ।

सन् २०१४ देखी प्रयोगमा आएको यो एप सवारीसाधन प्रयोगकर्तामाझ निकै नै लोकप्रिय बनिरहेको छ ।अपडेट गरिएको यो नयाँ एपले चालकलाई छिटो निर्देशन दिन मद्धत गर्नेछ भने मिडियालाई सजिलै कन्ट्रोल गर्न र धेरैभन्दा धेरै कार्य सम्पादन गर्न सहयोग गर्नेछ ।

नेभिगेसन लगायत फिचर्सलाई प्रयोगमा ल्याउन उपयोगी रहँदै आएको यो एपलाई तारको साहयाता विनानै चालकले स्मार्ट फोनलाई सवारीसाधनको ड्यासवोर्डसंग कनेक्ट गरी प्रयोगमा ल्याउन सक्नेछन् ।नेपाल अटो

 

सम्बन्धित समाचार

कस्तो छ मौसम?

कस्तो छ मौसम?

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...