काठमाडौं । गुगलले सवारीसाधनमा प्रयोग हुँदै आइरहेको एन्ड्रोइड अटो एपमा नयाँ फिचर्स थप गरेको छ ।
यो एपमा उसले नयाँ स्प्लिट-स्क्रिन इन्टरफेस थप गरेर अपडेट गरेको हो । यो एपमार्फत चालकले नेभिगेसन, मिडिया र कम्युनिकेशन जस्ता कनेक्टिभिटी फिचरमा नयाँ पन पाउनेछन् ।
नयाँ फिचर अपडेट भएसंगै यो एपको लुक समेत नयाँ देखिने जनाइएको छ । जहाँ प्रयोगकर्ताले ३ वटा स्प्लिट-स्क्रिन मोडलाई प्रयोगमा ल्याउन सक्नेछन् ।
जसमध्ये सबैभन्दा ठूलो स्क्रिनले नक्सा र नेभिगेसन देखाउने छ भने त्यसपछिको सानो स्क्रिनमा म्यूजिक, पोडकास्ट र अडिओ कन्ट्रोल र अर्को सानो स्क्रिनमा गुगल एसिस्टेन्टबाट प्राप्त हुने सल्लाह तथा सुचनाहरु देख्न सकिनेछ । भविष्यमा यसलाई अझै परिष्कृत गरी सबै प्रकारको स्क्रिन साइजमा प्रयोग गर्न सकिने वनाउन लागिएको गुगलले बताएको छ ।
सन् २०१४ देखी प्रयोगमा आएको यो एप सवारीसाधन प्रयोगकर्तामाझ निकै नै लोकप्रिय बनिरहेको छ ।अपडेट गरिएको यो नयाँ एपले चालकलाई छिटो निर्देशन दिन मद्धत गर्नेछ भने मिडियालाई सजिलै कन्ट्रोल गर्न र धेरैभन्दा धेरै कार्य सम्पादन गर्न सहयोग गर्नेछ ।
नेभिगेसन लगायत फिचर्सलाई प्रयोगमा ल्याउन उपयोगी रहँदै आएको यो एपलाई तारको साहयाता विनानै चालकले स्मार्ट फोनलाई सवारीसाधनको ड्यासवोर्डसंग कनेक्ट गरी प्रयोगमा ल्याउन सक्नेछन् ।नेपाल अटो