शनिबार, माघ २६, २०८१
English
Follow us:

गौतमबुद्ध विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने

गौतमबुद्ध विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने

  • खबर सेवा

  • मङ्लबार, जेष्ठ ३, २०७९

  • 7
    SHARES

काठमाडौं ।  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ ।

बैंकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार गर्नका लागि विमानस्थलमा सेवा विस्तार गरेको छ । यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवासुविधा प्रवाह गर्न बैंकले सोमबारबाट पाँचवटा नयाँ काउण्टर सञ्चालनमा ल्याएको हो ।

वेटिङ काउण्टर, एराइभल काउण्टर, कस्टम र कार्गो काउण्टर सञ्चालनमा ल्याइएको छ । काउण्टरबाट विदेशी मुद्राको सटही, भिसा शुल्क भुक्तानी, भन्सार शुल्क भुक्तानी, भ्याट रिफन्ड, एटिएम, पिओएस सेवा तथा अन्य बैंकिङ्ग करोबार गर्न सकिनेछ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेशन विभागकी विभागीय प्रमुख दुर्गाकुमारी कँडेल, सूचना प्रविधि विभागका वरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, शाखा कार्यालय भैरहवाका शाखा प्रबन्धक हरिराम पराजुलीलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९९ शाखारहित बैंकिंग सेवासहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology