शनिबार, माघ २६, २०८१
English
Follow us:

सार्वजनिक सवारीको भाडा समायोजन, कहाँको भाडा कति ?

सार्वजनिक सवारीको भाडा समायोजन, कहाँको भाडा कति ?

  • खबर सेवा

  • मङ्लबार, जेष्ठ ३, २०७९

  • 7
    SHARES
सार्वजनिक सवारीको भाडा समायोजन, कहाँको भाडा कति ?

काठमाडौं । सरकारले डेढ महिनामै सार्वजनिक यातायातको भाडा बढाएको छ । यसअघि सरकारले १७ चैतमा गाडी भाडा बढाएको थियो। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सरकारले सार्वजनिक भाडा बढाएको हो।

इन्धनको बजार मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटबढ हुने भएकाले अहिले बढेको विभागले जनाएको छ । विभागले दुई वा त्योभन्दा बढी प्रदेश भएर राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक गाडीको भाडा बढाएको हो ।

नयाँ भाडादर भोलिबाट लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ। नयाँ दरअनुसार यात्रुवाहक सवारीको भाडा ३ दशमलव ५ प्रतिशतले बढेको छ।

त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ४ दशमलव ६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ५ दशमलव १ प्रतिशतले बढेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology