अर्थ

रिभर फल्सको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन, अहिलेसम्म कति आयो आवेदन ?

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

बैशाख २८ गतेबाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा चौथो दिन जेष्ठ ४ गते विहान १०ः०० बजे सम्म ७.५५ गुणाले ओभर सब्सक्राइब भएको छ ।

२७ लाख ३० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको तेश्रो दिन विहान १० बजेसम्म १६ लाख ५७ हजार ९१ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ९१ करोड ७१ लाख रकम बराबरको १ करोड ९१ लाख ७१ हजार कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो । आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा यो कम्पनीलाई रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले “केयर एनपि डबल बि माइनस आइएस” रेटिङ्ग ग्रेड प्रदान गरेको छ ।

उक्त रेटिङ्ग ग्रेडले यो कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ । यो आइपिओमा लगानी गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

बैशाख २८ गतेबाट निष्काशन भएको आइपिओमा आवेदन दिने आज अन्तिम दिन हो । यो आइपिओमा आवेदन दिन आज अपरान्ह ५ः३० बजेभित्र लगानीकर्ताले आफ्नो बैंक खाता रहेको बैंकको कुनै पनि शाखामा गई सिआस्बा मार्फत वा मेरोशेयरको माइआस्बा मार्फत आवेदन दिइसक्नु पर्नेछ ।

सम्बन्धित समाचार

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...

आज घट्यो सुनको मूल्य

आज घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...

असी प्रतिशतले घट्यो सुन कारोबार

असी प्रतिशतले घट्यो सुन कारोबार

काठमाडौँ । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन...