भूमे पूजामा लिङ्गो जुधाउने प्रतियोगिता
काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ दग्नाममा भूमे पूजाको अवसरमा मङ्गलबार लिङ्गो जुधाउने प्रतियोगिता भएको छ ।
हरेक वर्षको जेठ महिनामा मनाइने भूमे पूजाको अवसरमा आयोजना गरिएको लिङ्गो जुधाउने प्रतियोगितामा विगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गो जुधाउँदा यो वर्ष कान्छी गाउँ विजयी भएको छ ।
करिब चार सयवर्ष पुरानो इतिहास बोकेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो वर्ष पनि दग्नामवासीले निरन्तरता दिएका हुन् । विशेष गरी प्रकृति पूजाको रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन दग्नाममा दुई गाउँबीच लिङ्गो जुधाउने गरिन्छ ।
दग्नामको भूमे पूजाको मुख्य आकर्षणको रुपमा रहेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा दग्नामको गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाउँदै आएका छन् ।
प्रकृतिको पूजास्वरुप मङ्गलबार दग्नाममा भूमे पूजा पर्वको अवसरमा दुई गाउँका स्थानीयवासीले मुल्का डाँडामा ध्वजापतकाले सिगारिएको बाँसको लिङ्गो प्रतिस्पर्धा गराएको एकता क्लब दग्नामका अध्यक्ष आर्मिन पुर्जाले बताए ।
उनले भूमे पूजाको दोस्रो दिन पुख्यौली नृत्य तेस्रो दिन सांस्कृतिक कार्यक्रम र त्यस पश्चात विविध खेलकूद कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । दग्नाम गाउँदेखि माथि शिरमा रहेको डाँडामा निकै रोचक तवरले आयोजित लिङ्गो जुधाइको अवलोकनका लागि गाउँदेखि टाढा तथा प्रवासमा रहेका दग्नामवासीलगायत अन्य छिमेकीगाउँका सर्वसाधारणको समेत बाक्लो उपस्थिति रहेको थियो ।
स्थानीय पुख्र्यौली गित, नृत्य, पञ्चेबाजाको रमाइलो उत्सवकाबीच स्थानीयवासीले बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउनका लागि लिङ्गो जुधाएको जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनले जानकारी दिए ।
“यो हाम्रो संस्कृति हो, यसले दग्नामको पहिचान बोकेको छ, परम्परादेखि चल्दै आएको लिङ्गो जुधाउने प्रतियोगितालाई निरन्तरता दिन हामी लागिरहन्छौँ’’, उनले भने, “पछिल्लो समय भने रमाइलो, खुसियाली र भावनात्मक प्रतिस्पर्धाको रुपमा लिङ्गो जुधाउने गरिएको छ ।”
जेठा भूमेको रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनामा वर्षभरिको खेतीबाली राम्रो होस्, बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस्, स्थानीयवासीको सु–स्वास्थ्यको कामना गर्दै पूर्खौदेखि भूमे देवताको पूजा गर्दै आएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
२.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
सम्बन्धित समाचार
नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...




