मुटुको रोगबाट बचाउने फापरका यस्ता छन् थप विशेषता जान्नुहोस् !
फापर (Buckwheat) एक प्रकारको बोट हो ।फापरका धैरै प्रजाती रहेका छन् । फापरका बीजलाई पिँधेर एक पिठो बनाइन्छ जसका भारतीय र अन्य क्षेत्रहरूका खानामा धेरैं प्रयोग छन्। फापर नेपालको हिमाली भेगका प्रमुख बालीहरु मध्ये एक हो।
हरियो पत्ता सागको रुपमा र यसका बीजलाई पिँधेर पिठो बनाई रोटी, डिढो, पकौंडा जस्ता परिकार बनाएर खाने गरिन्छ । फापरको पिठो स्वस्थ्यको लागि निक्कै उपयागि मानिन्छ ।
नेपालमा विशेष गरी रुकुम, रोल्पा, जाजरकोट, डोलखा, सोलुखुम्बु, कालीकोट, काभ्रे र ओखलढुंगा जिल्लाहरूमा फापरको खेती गरिन्छ ।पहिले गरिबको खाना भनेर चिनिएको फापर अहिले धनीमनीले औषधिको रुपमा प्रयोग गर्न थालेका छन्।
फापर मानव स्वास्थ्यका लागि अति उपयुक्त, लाभदायक, स्वास्थ्यवद्र्धक खाद्यान्न हो। तर महत्व नबुझ्दा फापर लोप हुने अवस्थामा पुगेको छ। फापरमा पाइने तत्वहरूको उपयोगिताको बारेमा धेरै अनुसन्धानपत्रहरु प्रकाशित छन्।
फापरमा प्रसस्त मात्रामा रेशादार तत्व, भिटामिन बि१, बि२ र बि६,प्रोटिन, खनिजका साथै एन्टिअक्सिडेन्ट पोलिफेनोल पाइन्छ।
मासु नखाने साकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हो जसमा करिब १०-१२.५ प्रतिशत प्रोटिन पाइन्छ । फापरको प्रोटिनबाट शरीरलाई चाहिने आवश्यक धेरै एमिनो एसिडहरुप्राप्त हुन्छ।
फापरको पिठोको अर्को विशेषता भनेको गहुँ वा जौको पिठोमा पाइने ग्लुटेन भनिने प्रोटिन यसमा पाइँदैन। त्यसैले फापरको सेवन ग्लुटेन इन्टोलेरेन्स अर्थात् ‘सेलियाक डिजिज’ हुनेहरुका लागि लाभदायक मानिन्छ। यो ग्लुटेनमुक्त खानेकुरा हो। फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन हो।
फापर मधुमेह नियन्त्रणका लागि लाभदायक खानेकुरा हो। शरीरमा ग्लुकोज तह लगाउने मात्र होइन, फापरको सेवन रगतको कोलेस्टेरोल घटाउन पनि सहयोगी हुने एक वैज्ञानिक तथ्यले बताउँछ।
जापानी अनुसन्धानकर्ताहरुले मुसामा गरेको अध्ययनअनुसार प्रोटिनयुक्त फापरको पिठोमा रगतमा कोलेस्टेरोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण हुन्छ।
साथै यसको सेवनबाट मोटोपन पनि कम हुनसक्ने उनीहरुको राय छ। फापरमा पाइने फाइबर ग्लुकोज मेटाबोलिजममा प्रभावकारी हुन सक्छ।
किन खाने फापर?
फापर मिनेरल, भिटामिनको राम्रो स्रोत मानिन्छ। त्यति मात्र होइन, यसमा कार्बोहाइडेड, फाइबर, प्रोटिन, सुगर, चिल्लो पदार्थ र पानीको मात्रा पनि पाइन्छ। १०० ग्राम फापरमा ३४३ क्यालोरी हुन्छ भने १० प्रतिशत पानी रहेको पाइन्छ।
फापर ग्लुटिनरहित हुने हुँदा यो खाना धेरैका लागि औषधि सावित भएको छ। फापर उच्च रक्तचाप हुनेका लागि पनि अत्यन्त राम्रो खाना मानिएको छ।
मुटुसम्बन्धी समस्या हुनेले पनि नियमित फापर खाँदा फाइदा पुर्याउँछ। नियमित फापर सेवन गर्नेलाई अन्यलाई भन्दा क्यान्सर लाग्ने जोखिम कम हुन्छ। डाइबिटिजको रोगीलाई सन्तुलन राख्न मद्दत गर्छ र खाना पचाउने काममा पनि सहयोगी सावित हुन्छ।
फापरको प्रयोगले ग्यालस्टोन हुनबाट पनि धेरै हदसम्म सहयोगी साबित हुन्छ। हड्डीसम्बन्धी समस्या आउन नदिन पनि नियमित फापरका परिकार सेवन गर्दा उत्तम मानिन्छ।
आइरनको कमीले हुने अनेमियालाई पनि फापरको नियमित प्रयोग रोकथाम पुर्याउँछ। फापरमा भिटामिन ई र म्याग्नेसियम प्रशस्त पाइने हुँदा बच्चामा आस्थामा हुनबाट धेरै हदसम्म बचाउँछ।
ताजा अपडेट
-
१.
वीर अस्पतालले गर्यो बिमामार्फतको सेवा कटौती
-
२.
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
-
३.
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...




