प्रमुख खवर

ललितपुर अपडेट : प्रमुखमा महर्जन र उपप्रमुखमा शाक्यको अग्रता

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम छ ।

पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १४ हजार २८५ र नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले सात हजार १२९ मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले सात हजार ३७७ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले चार हजार ७७५ मत पाएका छन् ।

आठ वडाको वडाध्यक्षमा नेपाली चार कांग्रेस, दुई नेकपा (एकीकृत समाजवादी) एक एमाले र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । हाल वडा नं ९, १० र ११ को गणना जारी रहेको छ । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म आठ वडाको मात्रै परिणाम आएको छ ।

शुक्रबार मतदान भएकामा शनिबारबाट मतगणना सुरु भएको थियो । सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ ।

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...