गृहमन्त्री खाँण, प्रचण्ड र कानुनमन्त्रीबीच भेटवार्ता, नागरिकता विधेक विषयमा छफलफल
काठमाडौं । गृहमन्त्रि बालकृष्ण खाँण, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कानुनमन्त्री गोविन्द शर्मा (कोइरला)बीच भेटवार्ता भएको छ ।
आज बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको उनीहरुको भेटमा भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ
संसद्मा पेस गर्न लागेका र पेस गरिसकेका महत्त्वपूर्ण विधेयक अघि बढाउने विषयमा छलफल भएको गृहमन्त्री खाँणले जानकारी दिए ।
“समसामयिक राजनीति, संघीय संसद्लाई नियमित सञ्चालन गर्ने र सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,” गृहमन्त्री खाँणले भने, “प्रतिनिधिसभाको जारी अधिवेशनमै राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा छलफल भएको छ ।”
त्यस्तै खाँणले छलफलमा नागरिकता विधेयक अघि बढाउने विषयमा समेत कुराकानी भएको बताएका छन् ।
नागरिकता विधेयक आम नागरिकको सरोकारको विषय भएकाले दलहरूबीच भिन्न मत हुन नहुने उनको धारणा छ । उनले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरिसकेका छन् ।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको उनको भनाइ रहेको छ ।
ताजा अपडेट
-
१.
सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी
-
२.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
३.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
४.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
-
५.
सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
५.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
सम्बन्धित समाचार
नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...




