शनिबार, माघ ५, २०८१
English
Follow us:

युगान्डाविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने

युगान्डाविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने

  • खबर सेवा

  • बिहिबार, जेष्ठ ५, २०७९

  • 18
    SHARES

file photo

काठमाडौं । युगान्डाविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेपछि सुरुआतमा ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले आज युगान्डालाई पराजित गदै सिरिजमा पहिलो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रदै छ ।

पाँच खेलको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा युगान्डा २-० ले अघि रहेको छ । युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो ।

नेपालको प्लेइङ एघारमा कप्तान रुबिना क्षेत्री, ज्योति पाण्डे, सीता राना मगर, इन्दु बर्मा, रोमा थापा, सरिता मगर, कविता जोशी, सङ्गीता राई, सबनम राई, डली भटू र विन्दु रावल रहेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology