प्रमुख खवर

संस्कृत भाषामा बढ्दो आकर्षण

संस्थागत विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ । अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो ।

विगत पाँच वर्षदेखि विभिन्न विद्यालयमा संस्कृत विषयका अध्यापन गर्दै आएका शिक्षक योगराज सापकोटा संस्थागत विद्यालयमा संस्कृत विषय पढाउने शिक्षककोे खोजी भइरहेको बताइन् ।

संस्कृतिसँग जोडिएको विषय भएकाले पनि धेरै विद्यालयको आकर्षण संस्कृत विषयप्रति बढ्न थालेको हो । हाल उपत्यकाका करिब १०० वटा संस्थागत विद्यालयमा संस्कृतको अध्ययन अध्यापन हुन थालेको छ ।

अमेरिकी वैज्ञानिक संस्था नासाले गरेको अनुसन्धानमा कम्प्युटरमा सबैभन्दा सहजरुपमा राख्न सकिने भाषाका रुपमा संस्कृतको पहिचान गरेकाले पनि यसप्रति विद्यालयको आकर्षण बढेको हो ।

संस्कृत सूत्रबद्ध भाषा भएकाले कम्प्युटरमा यसको प्रयोग सहज हुने नासाको अध्ययनले देखाएको छ ।यसैकारण पनि विभिन्न देशमा संस्कृतको माग बढेको छ ।

संस्कृतको अन्तर्राष्ट्रिय बजार बन्न थालेपछि काठमाडौं उपत्यकाका अक्षरा, पाणिनी, गेटवे, भेलोसिटी, गुरुकुल संस्कारम्, दीपिका, वाग्मती, डिएभीलगायत विद्यालयमा संस्कृतको पठनपाठन भइरहेको छ ।

योगका कारण पनि संस्कृत भाषाप्रति आकर्षण बढेको शिक्षक सापकोटा बताए ।माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई दिएपछि पनि संस्कृत पढाउने पालिकाको सङ्ख्या बढेको छ ।

यसका लागि पाठ्यक्रम विकास केन्द्रले पाठ्क्रम र पाठ्यपुस्तकको व्यवस्था गरिदिएको छ । ‘अस्माकम् संस्कृतम्’ नामको पुस्तक कक्षा १ देखि १२ सम्म जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रकाशन गरेपछि संस्कृत भाषा पढाउन चाहने विद्यालयका लागि सहज भएको जनाइएको छ ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...