ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकलाई अन्नपूर्ण केवलकारमा १० प्रतिशत छुट
पोखरा । पोखराको सभागृह चोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र पोखराको एक मात्र केवलकार कम्पनी अन्नपूर्ण केवलकार प्रा।लिबीच केवलकार शुल्कमा छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्र बमोजिम ग्रीन डेभलपमेण्ट बैंकका ग्राहकहरुले आफ्नो एटिएम कार्ड वा मोवाईल बैंकिङमार्फत् भुक्तानी गर्दा केवलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका छन् । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले र केवलकार कम्पनीका तर्फबाट कम्पनीका महाप्रवन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापत्र हस्ताक्षर समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत आचार्यले पोखराको पर्यटन विकासका लागि संचालनमा ल्याईएको केवलकार सुविधा प्रयोग गरि बैंकका ग्राहकहरुले पर्यटन विकासमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
सोही कार्यक्रममा बोल्दै केवलकार कम्पनीका महाप्रवन्धक पौड्यालले पोखराको फेवाताल र सराङ्गकोटका साथै हिमालको दृश्यावलोकनलाई ध्यान दिएर सुरु गरिएको केवलकार सेवाले पोखराको पर्यटनलाई टेवा पुर्याएको र ग्रीन डेभलपमेण्ट बैंकसँग सम्झौता गरि बैंकका ग्राहकहरुलाई समेत सुविधा दिन पाउँदा खुशी भएको बताए ।
बैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहुँ र नवलपुरका विभिन्न स्थानहरुमा रहेका १६ वटा शाखा कार्यालयहरुमार्फत् आफ्ना विभिन्न आधुनिक बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
-
५.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
सम्बन्धित समाचार
वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकटः गभर्नर पोडेल
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पती शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक...
विकास सहायता प्रतिवद्धतासँगै प्राप्ति पनि बढ्यो
काठमाडौँ। पछिल्लो समय विकास सहायता प्रतिवद्धतासँगै दातृ निकायले दिने त्यस्तो सहायता पनि बढ्दै गएको छ । अर्थ मन्त्रालयकाअनुसार चालु...
नेपाली स्वादलाई मुख्य आधार बनाएर खोलिएको ‘तुफानी पिज्जा’ औपचारिकरूपमा सञ्चालनमा
काठमाडौं। काठमाडौंको बानेश्वरमा नेपाली स्वादलाई मुख्य आधार बनाएर ‘तुफानी पिज्जा’ बुधबारदेखि सञ्चालनमा आएको छ। करिब ५० लाख रुपैयाँ लगानीमा...
नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्रः सुरक्षा, सामुन्द्रिक पहुँच र रणनीतिक स्थिरता
काठमाडौँ। नेपाल–भारतका सुरक्षा विज्ञहरुले निर्वाचनले मात्रै स्थिरता नदिने बताएका छन् । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेण्टको दशौं...




