भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेला जारी
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेला जारी छ । फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा वैशाख १५ गतेबाट जारी मेला अन्तिम चरणमा पुगेको छ ।
मेला जेठ ९ गतेसम्म मात्रै सञ्चालन हुने मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिए । मेला अन्तिम चरणमा पुगेसँगै अवलोकनकर्ताको आकर्षण बढेको उनले बताए । मेला अब केही दिन मात्रै रहेकाले सस्तो मूल्यमा गुणस्तरीय जुत्ता चप्पल खरिद गर्न मेलामा आउन एसोसिएसनले सर्वसाधरणलाई आग्रह गरेको छ ।
एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘मेलामा भारी छुटमा उपभोक्ताले जुत्ता चप्पल खरिद गरिरहेका छन्,’ एसोसिएसनका उपाध्यक्ष रुद्र न्यापानेले भने ।
१० देखि ५० प्रतिशतसम्म छुट प्रदान भएकाले धेरै ग्राहक प्रत्यक्ष लाभान्वित भएको उनले बताए । राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बहृत खालको मेला आयोजना भएको हो ।
आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको र अपेक्षा अनुसार मेला सफल भइरहेको एसोसिएसनले जनाएको छ ।
ताजा अपडेट
-
१.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
२.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
३.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
-
४.
सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन
-
५.
भ्रामक समाचारबाट बच्न आयोगको आग्रह
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
५.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
सम्बन्धित समाचार
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार...
कति छ आज तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर...
नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक...




