काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलमा १ हजार रुपैयाँले बढेको छ ।
आज तोलामा सुनको मूल्य एक हजारले बढेसँग बजारमा प्रतितोला ९७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाइी महासंघले जानकरी दिएको छ ।
बिहीबार सुनको मूल्य तोलाको ९६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।शुक्रबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।