अन्तर्राष्ट्रिय

सिबिआईद्वारा लालु यादवका अनियमितताको खोजबिन शुरु

राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसादविरुद्ध ‘रोजगारीका लागि जग्गा’ घोटालाका सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरो ९सिबिआई० ले नयाँ मुद्दा दर्ता गरेको छ ।

शुक्रबार बिहान बिहारका पूर्व मुख्यमन्त्री, छोरी मीसा भारती र उनीसँग सम्बन्धित १७ स्थानमा खोजी थालेको छ । खोजबिनबारे सिबिआई टोलीले टिप्पणी गर्न अस्वीकार गरे पनि यस मामिलामा जानकारहरूले पटना र गोपालगञ्जका विभिन्न स्थानहरूमा खोजी भइरहेको र त्यो लालुप्रसादले सन् २००४ / २००९ रेलमन्त्री रहेका बेला रोजगारीका लागि जग्गामा गरेका अनियमितासँग सम्बन्धित रहेको बताएका छन् ।

शुक्रबार बिहान ७ बजेदेखि खोजी सुरु भएको र सिबिआईको टोली राबडीदेवीको निवासमा पुग्दा लालुकी पत्नी राबडी देवी, उनका विधायक छोरा तेजप्रताप र छोरी मीसा भारती उपस्थित थिए ।

टोलीले गोपालगञ्जस्थित लालुप्रसादको जन्म गाउँ फुलवारियामा पनि खोजी गरेको थियो । लालुका कान्छा छोरा तथा विपक्षी दलका नेता तेजस्वी यादव हाल लण्डनमा छन् ।

सिबिआईले खोजीबिन थालेको खबर फैलिएपछि ठूलो सङ्ख्यामा जनता दलका समर्थकहरू राबडीको निवास बाहिर भेला भएर भाजपा र केन्द्रीय अनुसन्धान ब्युरोविरुद्ध नारा लगाएका थिए ।

सम्बन्धित समाचार

मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु

मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु

मङ्गोलियामा ‘जुद’/मशगम भनिने अत्यधिक चिसोका कारण गत जनवरी महिनामा २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु भएको छ...

भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत

भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत

भारतको रक्षा अधिग्रहण परिषद्ले राफेल लडाकु विमान, लडाकु क्षेप्यास्त्र र एयरशिपमा आधारित उच्च उचाइको स्यूडो स्याटेलाइट खरिद गर्न ३९.७...

भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन

भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन

सरकारी तथ्याङ्कअनुसार संशोधित नयाँ आधार वर्ष २०२४ का आधारमा यस वर्षको जनवरीमा भारतको खुद्रा मुद्रास्फीति २।७५ प्रतिशत पुगेको छ...

जापानी मोटर कम्पनी निसानद्वारा आर्थिक वर्ष २०२५ मा ६५० अर्ब येन घाटा हुने प्रक्षेपण

जापानी मोटर कम्पनी निसानद्वारा आर्थिक वर्ष २०२५ मा ६५० अर्ब येन घाटा हुने प्रक्षेपण

जापानको निसान मोटर कम्पनीले आगामी महिना समाप्त हुने आर्थिक वर्ष २०२५ का लागि ६५० अर्ब येन/करिब ४।२५ अर्ब अमेरिकी...