शनिबार, माघ २६, २०८१
English
Follow us:

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित १३ हजार ५६९ मतले पछाडि

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित १३ हजार ५६९ मतले पछाडि

  • खबर सेवा

  • शुक्रबार, जेष्ठ ६, २०७९

  • 15
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । हालसम्म महानगरपालिकाका ३२ वडामध्ये ८ वटा वडाको मतगणना सकिएको छ ।

वडा नम्बर १, २, ३, ४, ५, २८, ३०, र ३२ वडाको मतगणना सकिदाँ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतगणनाको पछिल्लो विवरण अनुसार २८,८८२ मत पाएर अग्रता कायमै राखेका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले हालसम्म १५ हजार ३ सय १३ मत पाएका छन्। उनी शाहभन्दा १३ हजार ५७० मतले पछि छन्।

तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १४७९८ मत पाएकी छन्। उनी दोस्रो स्थानका स्थापित भन्दा ५१४ मतले पछि हुँदा शीर्ष स्थानमा रहेका शाहभन्दा १४ हजार ८४ मतले पछि छन्।

काठमाडौं महानगरपालिकाको १,२, ३, ४, ५ वडामा नेकपा एमालेका वडाध्यक्षले जित हात पारेका छन्। यस्तै वडानम्बर ३२ मा नेकपा एमालेका वडाध्यक्ष निर्वाचित हुँदा मेयर पदमा एमालेका उम्मेदवारले दोस्रो बढी मत पाए।

यस्तै २८ र ३० वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जित्दा पनि यी वडाबाट मेयरमा कांग्रेस उम्मेदवारले अन्य उम्मेदवारको तुलनामा थोरै मात्र मत पाए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology