शुक्रबार, माघ ११, २०८१
English
Follow us:

जेठ १३ गतेका लागि बाग्मती प्रदेशसभा बैठक आह्वान

जेठ १३ गतेका लागि बाग्मती प्रदेशसभा बैठक आह्वान

  • खबर सेवा

  • शुक्रबार, जेष्ठ ६, २०७९

  • 9
    SHARES

काठमाडौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् ।

प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

सोहीअनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी प्रदेशसभाको बैठक अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology