अनुसन्धान बढाउन सात वर्षअघि बलात्कृत भएकी युवतीको घरमा पुग्यो प्रहरी टोली
काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजकद्वारा सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कृत भएको भनि सार्वजनिक भएकी युवतीसम्म प्रहरी पुगेको छ ।
हदम्यादका कारण पीडकमाथि कारबाही नहुने भन्ने सुनेपछि विक्षिप्त भएको घटनाको अनुसन्धान सूक्ष्म तरिकाले बढाउन प्रहरीले परिवारसँग सम्पर्क बनाइसकेको जनाएको छ ।
हदम्यादका कारण पीडकमाथि कारबाही नहुने भन्ने सुनेपछि विक्षिप्त अवस्थामा अर्को भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीको टोलीसहित उनको घरसम्म पुगेको हो ।
प्रहरीले युवतीको परिवारसँग सम्पर्कमा रहेको खुलाए । अभिभावकसँग वृस्तृत बुझेर आवश्यक कदम चाल्ने उनको भनाई छ ।
युवतीलाई काउन्सिलिङको जरुरी रहेको भन्दै प्रहरीले कदम बढाइसकेको छ । घटनासँग जोडिएकाहरुबारे समेत निगरानी बढाइएको र कुनैपनि बेला अनुसन्धानको दायरामा ल्याउने तयारी भएको प्रहरी स्रोतको भनाई छ ।
सुन्दरी प्रतियोगिताका आयोजकले १६ वर्षमै बलात्कार गरेको भन्दै युवतीले सामाजिक सञ्जालमार्फत् खुलासा गरेकी छिन् । उनले आफूमाथि यौन दुव्र्यवहार गर्ने व्यक्तिको नाम नलिएपनि ती कन्सल्ट्यान्सीका सञ्चालक रहेको बताएकी छिन् ।
युवतीले ८ वर्ष अघिको घटनामा एकजना फोटोग्राफरको पनि नाम जोडेकी छिन् । ती फोटोग्राफरले आफ्नो पेशा नै फोटो खिच्ने रहेको र घटनामा कुनै संलग्नता नरहेको बताएका छन् । उनले भविष्यमा युवतीले बढाउने कानूनी प्रक्रियामा आफ्नो साथ हुने समेत बताए ।
युवतीले पूर्व मिस नेपाल माल्भिका सुब्बाले पनि कठिन घडीमा साथ नदिएको खुलाएकी छिन् । सुब्बाले पनि यसप्रति माफी मागेकी छिन् ।
जबरजस्ती करणी सम्बन्धी कसुरमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ । जस कारण उनले न्याय नपाउने अवस्था भएको भन्दै आलोचना भइरहेको छ । उनको पक्षमा युवाले शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि धर्ना दिएका छन् । उनीहरूले बलात्कारको कसुरमा राखिएको हदम्याद हटाउन माग गरेका छन् ।
यसविषयमा आज संसद्मा समेत प्रवेश पाएको थियो । यौन दुव्र्यवहारको घटना खुलेपछि सभामुख अग्निप्रसाद सापकोटाले पनि सरकारलाई यसबारे अनुसन्धान बढाएर दोषीमाथि कारबाही गर्न रुलिङ गरेका छन् । यो घटना अहिले देशव्यापी बहसको विषय बनेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
कस्तो छ मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...




