राजनीति

६६७ पालिकाको नतिजा सार्वजनिक, २९८ पालिकासहित कांग्रेस अग्रस्थानमा

काठमाडौं । पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ६७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भएको नतिजाअनुसार नेपाली कांग्रेस दुई सय ९८ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ ।

दुई सय २६ वटा नगरपालिका र चार सय ४१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले एक सय १४ वटा नगरपालिका र एक सय ८४ वटा गाउँपालिकाको प्रमुख पद जितेको हो । यस्तै कांग्रेसले ८६ वटा नगरपालिका, एक सय ८५ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार चार सय ४९ वटा वडाको अध्यक्ष पद जितेको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको एमालेले ६३ वटा नगरपालिकाको मेयर र एक सय २० वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ८३ वटा पालिकाको प्रमुख पद जितेको छ । एमालेले ८५ वटा नगरपालिकाको उपमेयर, एक सय २० वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार नौ सय ४९ वटा वडाको अध्यक्ष पद जितेको छ ।

त्यस्तै, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९४ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय १४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले २८ वटा नगरपालिकाको उपमेयर, ९३ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार सात वटा वडाको अध्यक्ष पद जितेको छ ।

नेकपा एकीकृत समाजवादीले सात वटा नगरपालिकाको मेयर, आठ वटा गाउँपालिकाको अध्यक्ष गरी १५ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एकीकृत समाजवादीले आठ वटा नगरपालिकाको उपमयेर र १३ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

त्यस्तै, जनता समाजवदी पार्टी जसपाले चार वटा नगरपालिकाको मेयर, १७ वटा गाउँपालिकाको अध्यक्ष, सात वटा नगरपालिकाको उपमेयर र १५ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ । बाँकी पालिकामा राप्रपा, जनमोर्चा, नेमकिपा, जनमत लगायतका साना दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा...

देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता

देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार ९माघ ६० देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित...

निर्वाचनका लागि उत्साहजनक रूपमा मनोनयन दर्ता भएको प्रधानमन्त्रीको दाबी

निर्वाचनका लागि उत्साहजनक रूपमा मनोनयन दर्ता भएको प्रधानमन्त्रीको दाबी

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उत्साहजनक रूपमा मनोनयन दर्ता भएकोमा खुसी...

काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी

काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी

काठमाडौं। काठमाडौं-१ मा नेपाली कम्युनिस्ट पार्टीकोतर्फबाट युवा नेतृ कृतु भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ। उहाँले केही समयअघि निर्वाचन आयोग...