राप्ती लोकमार्गको कपुरकोट-तुलसीपुर सडकखण्ड बन्द
काठमाडौं । सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड दलहरूले अवरुद्ध पारिएको छ । बिहीबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि सडक अवरुद्ध पारिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका–४ हरनेटीमा बिहीबार बेलुका रा१ख ११२३ नंको टिपरले रा१प ३१७९ नंको मोटरसाइकललाई ठक्कर दिँदा कपुरकोट गाउँपालिका–३ का १८ वर्षीय आकाश सेनको उपचारका क्रममा प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएपछि क्षतिपूर्ति दिइनुपर्ने भन्दै प्रमुख दलका नेताकै नेतृत्वमा सडक अवरुद्ध पारिएको हो ।
घटना भएको तीन दिन बितिसक्दा पनि घोराही सिमेन्द्र प्रालि र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडकमा मुढा राखेर अवरुद्ध पारिएको हो । मृतकका आफन्तले घटनामा संलग्न व्यक्तिहरू सम्पर्कमा नआउँदासम्म शव परीक्षण गर्न नदिने अडान लिएपछि शव प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ ।
सडक अवरुद्ध भएपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन् । तुलसीपुरबाट सल्यान आउने तथा रुकुम–सल्यानबाट दागतर्फ जाने सवारीसाधन कपुरकोटमै राखिएको स्थानीय जितप्रसाद आचार्यले जानकारी दिए। प्रहरीले भने ठक्कर दिने टिपर र चालकलाई नियन्त्रण लिएको जनाएको छ ।
ताजा अपडेट
-
१.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
-
२.
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
-
३.
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
-
४.
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
-
५.
भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...




