अर्थ

महालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश, करिब ६ लाख ग्राहक

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश गरेको छ । बैक आजदेखि २८औँ वर्षमा प्रवेश गरेको हो ।

जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरुबाट करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरल तवरले प्रदान गर्दै आईरहेको छ । यस सुखद अवसरमा बैंकले आफ्ना ग्राहक, सेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको बैंकले जनाएको छ ।

२८औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । ‘एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी’ भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले रक्त्तदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र अभावलाई केहि हदसम्म भएपनि पूरा गर्ने उद्देश्यले ३३ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । यसका साथै बैंकले काठमाडौं उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपूर, न्यूरोड गेट, महाकाल, रत्नपार्क, जमल हुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना दिँदै ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका थिए भने ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसाथ गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्‍याउने प्रतिवद्धतासमेत व्यक्त गरे ।

सम्बन्धित समाचार

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...

आज घट्यो सुनको मूल्य

आज घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...

असी प्रतिशतले घट्यो सुन कारोबार

असी प्रतिशतले घट्यो सुन कारोबार

काठमाडौँ । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन...