शनिबार, माघ ५, २०८१
English
Follow us:

‘ब्युटी पेजेन्ट’ बलात्कार प्रकरण : ‘दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध’

‘ब्युटी पेजेन्ट’ बलात्कार प्रकरण : ‘दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध’

  • खबर सेवा

  • शनिबार, जेष्ठ ७, २०७९

  • 13
    SHARES
‘ब्युटी पेजेन्ट’ बलात्कार प्रकरण : ‘दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध’

 

काठमाडौं । एक युवतीले आफूमाथि सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको घटना सार्वजनिक गरेपछि गृहमन्त्रालयले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आठ वर्ष अघि ‘ब्युटी पेजेन्ट’ अर्थात् सौन्दर्य प्रतियोगिताका आयोजकले आयोजकले आफूमाथि बलात्कार गरेको भनि युवतीले सामाजिक सञ्जालमार्फत् घटना सार्वजनिक गरेपछि घटनाबारे सरकारले छानबिनसमेत शुरू भइसकेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा समिति गठन गरी छानबिन शुरु गरिसकेको जानकारी दिएका छन्।

महिलामाथि हुने हिंसाका घटनामा दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको र अहिले सार्वजनिक भएको घटना पनि छानबिन शुरू भइसकेको विज्ञप्तिमा उल्लेख छ । गृहमन्त्रालयले समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्न सबैसँग अनुरोध पनि गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology