मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

नबिल बैंकको विशेष साधारण सभा सम्पन्न

नबिल बैंकको विशेष साधारण सभा सम्पन्न

  • खबर सेवा

  • शनिबार, जेष्ठ ७, २०७९

  • 108
    SHARES
नबिल बैंकको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडको आज सम्पन्न विशेष साधारण सभाले नेपाल बंगलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

नेपाल बंगलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ, जसअनुसार नेपाल बंगलादेश बैंकका सेयरधनीहरुले नेपाल बंगलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् ।

उक्त साधारणसभाले नेपाल बंगलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मुल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन (Due Diligence Audit Report), समझदारीपत्र (Memorandum of Understanding) तथा अन्तिम सम्झौता पत्र (Final Scheme of Agreement/Arrangement) लगायतका सम्पुर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

२०७८ चैत्र मसान्तको वित्तीय विवरणअनुसार नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी २ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५ अर्ब पुग्नेछ ।

प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड हुनेछ । नेपालको बैंकिंगमा सेवामा अग्रणी स्थानमा रहदै आएको नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात वाणिज्य बैंकहरु मध्ये नबिल बैंकको निक्षेप, कर्जा, गैर व्याज आम्दानी, गैरकोषमा आधारित व्यबसाय, तथा कुल नाफालगायतका विभिन्न सूचांकहरुमा अग्रणी स्थानमा सुनिश्चित गर्नेछ ।

यस प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नविन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनीतिअनुसार बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउनेछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology