शुक्रबार, चैत्र १४, २०८१
English
Follow us:

मकवानपुरमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ घाइते

मकवानपुरमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ घाइते

  • खबर सेवा

  • शनिबार, जेष्ठ ७, २०७९

  • 19
    SHARES
मकवानपुरमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ घाइते

काठमाडौं । मकवानपुरमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । शनिबार साँझ ५ बजे वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको जिप मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२, कुलेखानी सिमखोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिपमा सवार ८ जना मध्ये अन्य ४ जना घाइते भएका छन् ।

तिव्र गतिका कारण जिप अनियन्त्रित भइ पुलमा ठोक्किएर दुर्घटना भएको हो । उनका अनुसार घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ पठाइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology