अर्थ

राष्ट्र बैंकले भोलि २७ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकद्वारा २७ अर्ब २० करोड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले भोलि (सोमबार) उक्त ऋणपत्र बिक्री गर्न लागेको हो । ट्रेजरी बिल भोलि दिउँसो ३ बजे बोलकबोल भएर जेठ १० गते मंगलबार बिक्री हुनेछ ।

बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब, ९१ दिनको अवधिको लागि २ अर्ब २३ करोड ३२ लाख, १८२ दिनको अवधिको लागि १२ अर्ब ४७ करोड र ३६४ दिनको अवधिको लागि ७ अर्ब ५० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

जसमा २८ दिनको अवधिको लागि बिक्री गर्न लागिएको ५ अर्ब रूपैयाँ बराबरको बिल असार ७ गते परिपक्क हुनेछ भने, ९१ दिनको अवधिको लागि २ अर्ब २३ करोड ३२ लाख रूपैयाँ बराबरको बिल भदौ ७ गते, १८२ दिनको अवधिको लागि १२ अर्ब ४७ करोड रूपैयाँ बराबरको बिल मंसिर ६ गते र ३६४ दिनको अवधिको लागि ७ अर्ब ५० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल वि।सं २०८० साल जेठ ९ गते परिपक्क हुनेछ ।

 

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग

काठमाडौँ। देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन...

ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने

ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना...

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको...

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्ने बताउनुभएको छ...