बिहिबार, माघ ३, २०८१
English
Follow us:

विश्व सिमसार दिवस : सामुदायिक वनमा रोपियो १९ प्रजातिका बिरुवा

विश्व सिमसार दिवस : सामुदायिक वनमा रोपियो १९ प्रजातिका बिरुवा

  • खबर सेवा

  • आइतवार, जेष्ठ ८, २०७९

  • 5
    SHARES

काठमाडौं । विश्व सिमसार दिवसको अवसरमा १९ प्रजातिका बिरुवा रोपिएको छ । चितवन राष्ट्रिय निकुञ्जले बाघमारा मध्यवर्ति सामुदायिक वनमा वृक्षारोपण गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज १०० बिरुवा रोपिएको छ । सामुदायिक वनको खाली ठाउँमा बिरुवा रोप्ने काम निरन्तर हुनेछ । उनले आज सुरुवात गरिएको बताउँदै निरन्तर रोप्दै जाने जानकारी दिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) सौराहाका का प्रमुख बाबुराम लामिछाने, होटल व्यवसायी सङ्घका अध्यक्ष दीपक भट्टराई, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङलगायतको सहभागिता थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology