अर्थ

इन्डोनेसियाले पाम तेलमा लगाएको प्रतिबन्ध सोमबारदेखि हटाउँदै

काठमाडौं । रुस-युक्रेन युद्धका कारण यतिबेला विश्वभर खाद्य तेलको अभाव बढेकोले खाने तेलको मूल्य अहिले विश्वभर बढी रहेको छ । सोही अवस्थामा इन्डोनेसियाले पाम तेलमा लगाएको प्रतिबन्ध सोमबारदेखि खुल्ने भएको छ ।

इन्डोनेसियाले पाम खेती र यसको उद्योगमा लागेका १ करोड ७० लाख मानिसलाई राहत दिलाउन प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

इन्डोनेसियाले देशको आन्तरिक माग धान्न तथा घरेलु बजारमा बढिरहेको खाने तेलको मूल्य घटाउन पाम तेलको निर्यातमा रोक लगाएको थियो ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध हटाउने घोषणा गरेसँगै सोमबारदेखि पाम तेल निर्यातमा लगाइएको प्रतिबन्ध हट्ने भएको हो । इन्डोनेसिया विश्वकै ठूलो पाम तेल निर्यात गर्ने मुलुक हो ।

सम्बन्धित समाचार

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...

आज घट्यो सुनको मूल्य

आज घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...

असी प्रतिशतले घट्यो सुन कारोबार

असी प्रतिशतले घट्यो सुन कारोबार

काठमाडौँ । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन...