नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीको पुल निर्माण अलपत्र
काठमाडौं । पाँच वर्षअघि नवलपरासी पूर्व नवलपुर र तनहुँ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पुल अलपत्र परेको छ ।
नवलपरासी पूर्व नवलपुरको बौदीकाली-३, रकुवा र तनहुँको घिरिङ सुन्धारा-१, जगौली जोड्ने गरी कालीगण्डकी नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको हो ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ मङ्सिरमा निर्माण सम्झौता भएको पुलको काम १५ प्रतिशत मात्र सम्पन्न भएको छ । पुल निर्माणको ठेक्का लिएको महावीर, गौरीपार्वती, नीलगिरी नेशनल जेभीले समयमा नै काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको हो ।
पुलका लागि ल्याइएको सामग्री यत्रतत्र छरिएका छन् । छडलगायतका सामग्री खिया लाग्न सुरु गरेको छ । पुल निर्माणस्थलको बौंदीकाली–३ रकुवातर्फमा दुई पिल्लरबाहेक कुनै काम हुनसकेको छैन ।
पुल निर्माणस्थलमा बेलाबेला १०-१२ जना कामदार ल्याउने र केही काम गर्ने गरेको भए पनि २०७९ वैशाखदेखि निर्माणस्थलमा कामदार आएका छैनन् ।
वर्षाको समयमा यसै काम नहुने र अहिले काम गर्न मिल्ले समयमा समेत निर्माणको काम नगरी अलपत्र पारेको स्थानीयवासीले समेत गनासो गरेका छन् ।
पुल निर्माणको काम २०७७ मङ्सिरमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको भए पनि पछि २०७८ चैतभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । त्यसपछि म्याद थप नभएको पुल योजना सेक्टर नं ४ पोखराका डिई नवराज बाँस्तोलाले बताए ।
सरकारले काममा लापरबाही गर्ने र समयमा नै काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भने पनि निर्माण सम्पन्न गर्नुपर्ने समय समाप्त भइसकेकाले यस्ता कम्पनीलाई कारबाही अघि नबढाइएको स्थानीय श्याम पाटाको गुनासो छ ।
पुल निर्माणका विषयमा निर्माण कम्पनी महावीर, गौरीपार्वती, नीलगिरी नेशनल जेभिका प्रतिनिधि युवराज डाँगीसँग बुझ्दा निर्माण सामग्रीको मूल्य बढेकाले मूल्य समायोजन नभएसम्म काम गर्न नसकिने बताउए ।
सुपरीवेक्षण गर्ने निकाय पुल योजना क्षेत्र सेक्टर नं ४ का सव इञ्जिनीयर सुशील अधिकारीले हालसम्म काम सम्पन्न भइसक्नुपर्नेमा पटक–पटक निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइरहेको बताए ।
उनले भने, “सम्झौता अनुसार काम नगरिदिँदा पुल निर्माणको काम १५ प्रतिशत मात्र भएको छ, हामीले ताकेता गरिरहेका छौं ।” कूल रु २२ करोड ९८ लाखको लागतमा निर्माण सुरु गरिएको पुल २११ मिटर लम्बाइको हुनेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
कस्तो छ मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...




