प्रमुख खवर

शङ्खरापुरको कार्यपालिका निर्वाचन जेठ १२ गते

काठमाडौं । शङ्खरापुर नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १२ गते हुने भएको छ । कार्यपालिका निर्वाचनका लागि शनिबार नै निर्वाचन कार्यतालिकासहित मतदाता नामावली पनि प्रकाशन गरिएको छ ।

कार्यपालिका निर्वाचनका लागि ४६ जना मतदाताको नामावली प्रकाशन गरिएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिए । नौ वटा वडा रहेको नगरपालिकाको वडा नं ८ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेकाले ४६ जना मात्र जनप्रतिनिधि निर्वाचित भएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्याउनका लागि आजको मिति तय गरिएको थियो । यसमा कुनै उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ ।

जेठ १२ गते बिहान ११ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको उनले बताए । कार्यपालिकामा नगर प्रमुख र उपप्रमुखसहित वडा अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । महिलाबाट पाँच जना र दलित तथा अल्पसङ्ख्यकबाट तीन जना सदस्य निर्वाचित हुने व्यवस्था छ। यसरी नगरपालिकामा १९ सदस्यीय कार्यपालिका बन्ने जनाइएको छ ।

महिला पाँच जना निर्वाचित वडा सदस्यबाट उम्मेदवारी दिन पाइन्छ । दलित तथा अल्पसङ्ख्यकबाट निर्वाचित हुने कार्यपालिका सदस्यका लागि भने नगरवासीले पनि उम्मेदवारी दिन पाउने जनाइएको छ ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...