प्रमुख खवर

महोत्तरीमा पालिकाको मतगणना सकियो, प्रमुख दुई दलको नतिजा कम्जोर

काठमाडौं । महोत्तरीको १५ वटै पालिकाको मतगणना आज सकिएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लाको आज स्थानीय तह निर्वाचन २०७९ को मतगणना कार्यक्रम सम्पन्न भएको छ ।

सम्पन्न मतगणना परिणामअनुसार जिल्लाका पाँच स्थानीय तहमा जनता समाजवादी पार्टी नेपाल, पाँच स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी, दुई स्थानीय तहमा नेपाली कांग्रेस र एकरएक स्थानीय तहमा नेकपा (एमाले), तराई मधेस लोकतान्त्रिक पार्टी तथा एक स्थानीय तहमा स्वतन्त्रले विजय प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत खरेलले बताए ।

उनका अनुसार जिल्लाको जलेश्वर नपा, गौशाला नपा, पिपरा गापा, एकडारा गापा र सम्सी गापाको नेतृत्व जसपा नेपालले प्राप्त गरेको छ । त्यस्तै जिल्लाको भङ्गाहा नपा, औरही नपा, बलवा नपा, मटिहानी नपा र सोनमा गापामा लोसपा नेपालले नेतृत्व प्राप्त गरेको छ ।

जिल्लाको मनरासिस्वा नपा र लोहारपट्टी नपामा नेपाली कांग्रेसले नेतृत्व पाएको छ । सोही क्रममा जिल्लाको रामगोपालपुर नपामा एमाले, महोत्तरी गापामा तमलोपा र बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार (जेब्रा छाप) ले नेतृत्व प्राप्त गरेका छन् ।

महोत्तरीको १५ स्थानीय तहमध्ये १२ मा प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्ष दुवै एउटै पार्टी (प्यानल) बाटै निर्वाचित भएका छन् भने तीन स्थानीय तहको परिणाम मिश्रित आएको छ । मिश्रित परिणाममा जिल्लाको भङ्गाहा नपामा प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस, बलवा नपा प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस र महोत्तरी गापा अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।

समग्रमा जसपा पाँच प्रमुखरअध्यक्ष र ६ उपप्रमुखरउपाध्यक्ष, लोसपा पाँच प्रमुखरअध्यक्ष र तीन उपप्रमुखरउपाध्यक्ष, एमाले एक प्रमुखरअध्यक्ष र एक उपप्रमुखरउपाध्यक्ष, स्वतन्त्र एक प्रमुखरअध्यक्ष र एक उपप्रमुखरउपाध्यक्ष र तमलोपाका उम्मेदवार एक अध्यक्षमा विजयी भएका छन् ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...