पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न महिला आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ ।
आयोगले आज प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायले दोषीलाई कारवाहीको दायरामा समेत ल्याइसकेको छ, घटनाको अनुसन्धान तथा निष्पक्ष छानविन गरी पीडितलाई न्याय प्रदान गर्न तथा पीडकलाई कानूनबमोजिमको कारवाहीका लागि आयोग ध्यानाकर्षण गर्दछ ।”
आयोगले पीडित किशोरीको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्धका लागिसमेत सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ । यौन अपराध, बलात्कार जस्तो जघन्य हिंसाप्रति आयोगको धारणा शून्य सहनशीलता रहेको छ भने यस घटनाका सम्बन्धमा सरकारको समेत ध्यानाकर्षण भएर नेपाल सरकारबाट छानविन समिति गठन भइसकेको छ ।
आयोगले पीडित पक्ष, सरकार र सुरक्षा निकायसँग समन्वय र सहकार्य गरिरहेको र गठित समितिले सो सम्बन्धमा निष्पक्ष छानविन गर्ने कार्यका लागि सबै पक्षको आवश्यक सहयोगका लागि आयोगले आग्रह गरेको छ ।
ताजा अपडेट
-
१.
सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी
-
२.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
३.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
४.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
-
५.
सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
५.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
सम्बन्धित समाचार
नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...




