एक्लै घरदैलोमा हिँडेका साम्पाङलाई धराने जनताको लोकप्रिय मत
काठमाडौं । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै साम्पाङ निर्वाचित भएका हुन् ।
उनले २० हजार ८२१ लोकप्रिय मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राईले १६ हजार ६९ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार एमालेबाट उम्मेदवार रहेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन् ।
सामाजिक अभियान्ता साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । उनले राजनीतिक दलप्रति नकारात्मक सन्देश फैलाउँदै एक्लै घरदैलो गरेका थिए ।
एक्लै भएपनि मुद्दा जायज भएको देखेर धराने जनताले उनलाई लोकप्रिय मत दिएर जिताए । उनले विसं २०७४ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा ४२२ मत ल्याएका थिए। विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि धरानमा वामपन्थीले एक छत्र शासन गर्दै आएका थिए । पहिलो पटक स्वतन्त्र उम्मेदवार नगर प्रमुखमा निर्वाचित भएका छन् ।
धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा २०१७ सालमा नगरपालिका घोषणा भएसँगै वामपन्थी उम्मेदवार नै लगातार प्रमुख भएका छन् । विसं २०४६ को जनआन्दोलनपछि संवैधानिक राजतन्त्रको पालामा २०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उम्मेदवार नै प्रमुखमा भएका थिए ।
विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले जितेका थिए । उनिहरू दुवै जनाले एमालेबाट चुनाव जितेका थिए । वामपन्थी जीतलाई निरन्तरता दिए । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले एमालेबाट जिते । धरानको कूल मतदाता एक लाख ३२४ रहेकामा ६२ हजारले मतदान गरेका थिए ।
त्यस्तै, उपप्रमुखमा लोकतान्त्रिक वाम गठबन्धनबाट अइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । बीस हजार ५१० मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम इस्वोलाई दुई हजार ९०४ मतान्तरले पराजित गरेका छन् ।
इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुखमा १४ वडा जितेको एमाले यसपटक निकै खुम्चेको छ । २, ४, ५, ७, ८, १०, १२, १३, १५, १९ नं वडा विजयी भएको छ । प्रमुख र उपप्रमुखमा मत नआए पनि वडाध्यक्षमा उत्कृष्ट मतले एमाले विजयी भएको छ ।
कांग्रेसले १, ३, ९, ११, १६, १८, २० नं विजयी भएको छ । १७ नं वडामा माओवादी केन्द्रका नगर अध्यक्षसमेत रहेका मनोज भट्टराई विजयी भएका छन् । गत निर्वाचनमा पनि भट्टराई विजयी भएका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
यी हुन् प्रतिनिधिसभाका समानुपातिक सांसद
काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रति र रर रनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...
धनराज गुरुङको निष्कर्ष : घर जलाएर आगो ताप्न थाल्दा कांग्रेस हार्यो
काठमाडौं। नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फागुन २१ को निर्वाचन भदौ २३ र २४ को घटनाको दोस्रो ‘एपिसोड’ भनेर...
रास्वपाको प्रशिक्षणमा कडा नियम : फोटो खिच्न नपाइने, आफन्त पनि निषेध
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित पार्टीका सांसदहरूलाई भोलिदेखि दुई दिने अभिमुखीकरण तालिम दिँदै छ । ललितपुरको एक होटेलमा हुने...
संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय...




